कञ्चनपुरमा सोमवार ६८ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएका १७ जना र पिसीआर विधीबाट परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ५१ जना गरी कुल ६८ जना कोरोनाको संक्रमणबाट सोमवार मुक्त भएका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । योसंगै कञ्चनपुरमा कोरोनाको संक्रमणबाट मुक्त हुनेको कुल संख्या ६ हजार ६ सय २६ जना पुगेको छ । यस्तै कञ्चनपुरमा सोमवार थप ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमवार ५ सय ३२ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ३४ जनामा र ४६ जनाको पिसीआर परिक्षण गर्दा २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
सोमवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका १८ जना, वेदकोट नगरपालिकाका ३ जना, दोधारा चादनी नगरपालिकाका ३ जना, शुक्लाफाँटा नगरपालिकाका २ जना, कृष्णपुर नगरपालिकाका ९ जना, पुर्नवास नगरपालिकाका ४ जना, बेलौरी नगरपालिकाका १० जना, लालझाडी गाउपालिकाका ५ जना रहेका छन् । यस्तै कञ्चनपुरको गड्डाचौकी नाकामा गरिएको परिक्षणमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यसैगरी कञ्चनपुरमा सोमवार कोरोनाको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या शुन्य रहेको छ । हाल कञ्चनपुरमा ५ सय १६ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।