१ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुस्टि

 सोमबार कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा १ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा २ सय ७९ जनाको स्वावको नमुना परीक्षण गर्दा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनु भयो । यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा उपचाररत थप १ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालबाट ११ जना डिस्चार्ज भएका छन् भने थप ७ जना कोरोना संक्रमित भर्ना भएका छन् । हाल सेती प्रादेशिक अस्पतालमा ३२ जना संक्रमित उपचाररत छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.