कञ्चनपुरमा डाका चोरी मुद्धाका फरार एक जना कसुरदार ३८ वर्ष पछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले २०४० साल पुस १० गते लारी डिष्टीलरी बेलौरीबाट अन्त शुल्क वापतको सरकारी रकम लक्ष्मीपुर पुनर्वास स्थित राष्ट्रिय वाणिज्य बैकंमा जम्मा गर्न जाने क्रममा लक्ष्मीपुर र त्रिभुवनबस्ती बिच पर्ने जंगलमा बन्दुक, बञ्चरो लगायत हातहतियार देखाई लुटपाट तथा कुटपिट घटनामा संलग्न भई फरार रहेका ती कसुरदारलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यसरी पक्राउ पर्नेमा कञ्चनपुरको साविकको लक्ष्मीपुर गाउ विकास समिति वडा नम्बर ८ भैसोरी हाल कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ बस्ने अन्दाजी ५५ वर्षका चन्द्रकान्त भन्ने लाल बहादुर लुहार रहेका छन् । निजलाई कञ्चनपुर जिल्ला अदालतबाट २०४२aसाल बैशाख २५ गतेको फैसलाले ३ वर्ष १ महिना १५ दिन कैद सजाय तोकिएको थियो । चन्द्रकान्त भन्ने लाल बहादुर लुहारलाई निजकै घर ठेगानामा लुकिछिपी बसेको अबस्थामा फेला पारी कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानको लागी कारागार चलान गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता समेत रहनु भएका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।
Comments are closed.