कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप १५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३ सय ५५ जनाको स्वावको नमुना परीक्षण गर्दा थप १५४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताउनु भयो । उहाका अनुसार कैलालीको धनगढीका मात्रै ५१ जना, धनगढी बाहेक कैलालीका ५७ र अन्य जिल्लाका ४६ जना गरि १५४ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको हो । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालबाट ९ जना कोरोना संक्रमित कोरोनाको संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् भने १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । हाल सेती प्रादेशिक अस्पतालमा ३३ जना कोरोना संक्रमित उपचाररत छन् । १२ जना आईसीयूमा, ३ जना भेन्टिलेटरमा र २० जना अक्सिजनको सहायतामा उपचाररत रहेको अस्पतालले जनाएको छ ।