कञ्चनपुरमा मंगलवार ४७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । पिसीआर विधीबाट परिक्षण कोरोना भाइरसको संक्रमण पुष्टि भएका ४७ जना मंगलवार कोरोना भाइरसको संक्रमण मुक्त भएका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । मंगलवार ४७ जना कोरोना भाइरसको संक्रमण मुक्त भएसंगै कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणमुक्त हुनेको कुल संख्या ६ हजार ६ सय ७४ जना पुगेको छ । यस्तै कञ्चनपुरमा मंगलवार थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
एन्टिजेन विधिबाट परिक्षण गर्दा २८ जनामा र पिसीआर विधिबाट परिक्षण गर्दा २३ जनामा गरी कुल ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मंगलवार कञ्चनपुरमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ११ जना, दोधारा चादँनी नगरपालिकाका ३ जना, शुक्लाफाँटा नगरपालिकाका ५ जना, कृष्णपुर नगरपालिकाका ४ जना, पुर्नवास नगरपालिकाका १० जना, बेलौरी नगरपालिकाका १२ जना, लालझाडी गाउपालिकाका ५ जना रहेका छन् । साथै कञ्चनपुरको गड्डाचौकी नाकामा गरिएको परिक्षणमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी कञ्चनपुरमा मंगलवार कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या शुन्य रहेको छ । हाल कञ्चनपुरमा ५ सय २० जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । यस्तै कञ्चनपुरमा हाल संस्थागत आइशोलेसनमा १ सय २१ जना रहेका छन् भने होम आइशोलेसनमा ३ सय ९९ जना रहेका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
Comments are closed.