कैलालीमा रेडपाण्डाको छाला सहित १ जना पक्राउ

 कैलालीमा रेडपाण्डाको छाला सहित १ जना पक्राउ परेका छन् । आज मंगलवार कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ५ गेटा सामुदायिक वनबाट रेडपाण्डाको छाला बोकी लगी रहेको भन्ने सुचनाका आधारमा संघिय प्रहरी ईकाई कार्यालय धनगढी (हाल महेन्द्रनगर कन्चनपुर) र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको सयुक्त प्रहरी टोलीले बझाङको २३ वर्षका अमर धामीलाई पक्राउ गरेको हो । धामीले झोलामा बोकि हिडि रहेको अवस्थामा रेडपाण्डाको छाला थान १ फेलापारी बरामद गरी निज अमर धामीलाई समेत पक्राउ गरी आवश्यक कारबाहीका लागी सब डिभिजन वन कार्यालय अत्तरिया कैलालीमा बुझाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.