कञ्चनपुरमा ठूलो परिमाणको अवैध काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ

 कञ्चनपुरमा ठूलो परिमाणको अवैध काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुको भीमदत्त नगरपालिका वडा नम्बर १० जिमुवामा रहेको हुनैनाथ फर्निचर उद्योगका सञ्चालक २६ वर्षीय रमेश भट्ट रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता समेत रहनु भएका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले गोप्य सूचनाका आधारमा उद्योगमा खानतलासी गर्दा ३४०.४१ क्यूफिट आँप, टुडी,मसला, सिसम लगायतको अवैध काठ बरामद गरेको जानकारी दिनु भयो ।

 बरामद गरिएको काठसहित सञ्चालक भट्टलाई आवश्यक कारवाहीका लागि जिल्ला सव डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले बताउनु भयो । यस्तै बुधबार बिहान प्रहरीले बेलौरी नगरपालिका वडा नम्बर ४ बाट समेत बेवारिसे अवस्थाको काठ बरामद गरेको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार ८.४७ क्युफिट काठ बरामद गरिएको हो । उक्त काठ आवश्यक कारवाहीका लागि सब डिभिजन वन कार्यालय पचकडियामा बुझाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.