हप्तामा दुई दिन मात्रै बैङ्क तथा वित्तीय संस्थाहरु खोल्दा बैङ्कहरुमा सेवागा्रहीहरुको चाप

कञ्चनपुरमा हप्तामा दुई दिन मात्रै बैङ्क तथा वित्तीय संस्थाहरु खोल्दा बैङ्कहरुमा सेवागा्रहीहरुको चाप बढेको छ । कञ्चनपुरमा जारी निशेधाज्ञाको आदेश अनुसार आइतबार र बुधबार गरी हप्तामा दुइ दिन मात्रै बैङ्कहरु खुल्ने हुदा सेवाग्राहीहरु बैङ्क खुल्ने दिनको प्रतिक्षामा बस्ने र बैङ्क खुलेको दिन बैङ्कमा जाने भएकाले बैङ्कहरुमा सेवाग्राहीहरुको चाप र भिडभाड बढेको हो ।

हप्तामा दुइ दिन मात्रै बैङ्क खोल्नु भन्दा दिनदिनै बैङ्क खोलिदिए बैङकमा सेवाग्राहीहरुको चाप कम हुने र भिडभाड कम हुने बुधबार कञ्चनपुरको शुक्लाफाटा नगरपालिका १० झलारीका बैङ्कहरुमा बैङ्क अगाडी लाइनमा आफ्नो पालो कुरेर बसिरहेका कतिपय सेवागा्रहीहरुले बताएका छन् ।

कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर १० झलारी स्थीत नेपाल बैङ्क लिमीटेड अगाडीको लाइनमा भेटिएका एक सेवागा्रही दिनेश भण्डारीले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर बैङ्कहरु दैनिक रुपमा खोलिदिए बैङ्कहरुमा एकैदिन पर्न जाने सेवागा्रहीहरुको चाप कम हुने र आम जनताको पनि बैङ्कहरु दैनिक रुपमा खोल्नुपर्ने माग रहेको शुक्लाफाटा एफएम लाई बताउनुभयो ।

यस्तै बुधबार नेपाल बैङ्क लिमीटेडको झलारी शाखामा सेवा लिन पुगेका कञ्चनपुरको शुक्लाफाटा नगरपालिका स्थीत सरस्वती माध्यामिक विद्यालयका शिक्षक दान शाहले पनि दैनिक रुपमा बैङ्कहरु खोल्दा सेवाग्राहीहरुलाई सहज हुने विचार ब्यक्त गर्नुभयो ।

सम्बन्धित

Comments are closed.