शान्ति पुर्नस्थापना गृह महेन्द्रनगर शाखाले कँचनपुरका स्थानीय तहहरुलाइ स्वास्थ्य सामग्री सहयोग

शान्ति पुर्नस्थापना गृह महेन्द्रनगर शाखाले कँचनपुरका स्थानीय तहहरुलाइ स्वास्थ्य सामग्री सहयोग गरेको छ । कँचनपुरको भिमदत्त नगरपालिका महाकाली नगरपालिका र महाकाली प्रादेशीक अस्पताललाइ स्वास्थ्य सुरक्षा सामग्री आज हस्तान्तरण गरेको छ । सर्जिकल मास्क, सेनिटाइजर, अक्सीमिटर, थर्मलगन, फेससिल्ड, हेन्ड ग्लोब्स, र पिपीइ सेट लगायतका सामग्री आज हस्तातरण गरिएको सँस्थाका सँयोजक सँजय सिँङले जानकारी दिए । कोरोना महामारीसँगको लडाइमा हातेमालो गर्न सामग्री सहयोग गरिएको सँयोजक सिङले बताए । भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट, महाकाली अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष, कृष्ण दत्त जोशी, जनस्वास्थ अधिकृत नरेन्द्रराज जोशी लगायतका कर्मचारीहरुको उपस्थितीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र महाकाली नगरपालिका उपप्रमुख चिनी गिरीले शान्ति पुनस्र्थापना गृहको सहकार्यका लागि धन्यवाद दिदै अहिलेको महामारीसँग लडन गैर सरकारी संस्थाहरुको सहयोग र सहकार्य महत्वपूर्ण भएको धारणा राख्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.