वर्षात सुरुभएसंगै कञ्चनपुरमा बस्तीहरु डुबानमा पर्न थालेका छन् । स्थानीय सरकारले गैरजिम्मेवारीपन र समयमा ध्यान नदिदा खेरी वर्षायाम सुरु भएकै बेलादेखि बस्तीहरु डुबान कटानमा पर्न थालेका हुन् । यसैविच कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ मा बस्ती डुबानमा परेको छ ।
कञ्चनपुरको वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाको सीमा रहेको वेदकोट नगरपालिका वडा नम्बर ७ को दक्षिणमा पुर्व पश्चिम राजमार्ग र नजिकै कांला पुल रहेको सो स्थानमा जथाभावी रुपमा ग्राभेल थुपारीएको र ढल निकास नहुदा सो क्षेत्रका स्थानीयहरुले डुबानमा परेको गुनासो गरेका छन् । भीमदत्त नगरपालिकाबाट राजमार्ग हुदै वेदकोट नगरपालिका प्रवेश गर्ने मुख्य बिन्दु मै ढलको निकास नहुदा र वेदकोट नगरपालिकाले समयमा अनुगमन नगर्दा समस्या भएको स्थानीय राधाबल्लभ जोशीले बताउनु भयो ।
उहाका अनुसार स्थानीयहरुले पटक पटक ढल निकासको व्यवस्था गरिदिन तथा थुपारिएको ग्राभेलको व्यवस्थापन गर्न भन्दै वेदकोट नगरपालिकालाई आग्रह गरेका भएपनि नगरपालिकाले सो को सुनुवाई नगर्दा अहिले डुबानको समस्या आएको स्थानीयहरुको भनाई छ । साथै स्थानीयहरुले वेदकोट नगरपालिकाका जनप्रतिनिधीहरुले साविवको दैजी गाउ विकास समिति रहेको स्थानलाई प्राथमिकता दिएका भएपनि साविकको सुडा गाउ विकास समितिलाई प्राथमिकता नदिएको बताएका छन् । यसैगरी विभिन्न कार्यहरु गर्दा समेत प्राथमिकता नदिइनु र समस्याहरुको समाधानका लागि पहल नगर्नु दुखद रहेको स्थानीयहरुले बताएका छन् ।
Comments are closed.