कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १ हात्तीथलामा सडक भत्किएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाको चम्फापुरदेखि हात्तीथलासम्मको सडक अन्र्तगत हात्तीथला क्षेत्रमा रहेको सो सडक भत्किनुको साथै ठाउठाउमा बिग्रीएको छ ।
करीब ४ किलोमिटर लम्बाई भएको उक्त सडकको हात्तीथला क्षेत्रमा पर्ने उक्त सडक खण्ड पानी पिच गरिएको करीब २० दिनमै भत्किएको स्थानीय बिरेन्द्र बोहराले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । उहाका अनुसार सो सडक खण्ड निर्माणका लागि भनेर करीब ३० लाख रुपैया खर्च गरिएको थियो । उपभोक्ता समिति मार्फत निर्माण गरिएको सडकको एक महिना नपुग्दै त्यस्तो अवस्था आउनु दुखद रहेको स्थानीयहरुले बताएका छन् ।
साथै गुणस्तरहीन कार्य गरिएको हुदा यस्तो अवस्था आएको भन्दै स्थानीयहरुले सामाजिक सञ्चाल मार्फत समेत गुनासो पोखेका छन् । पानी पिच गरेको एक महिना नबित्दै सडकको त्यस्तो दुरावस्था आउनु दुखद रहेको भन्दै भत्किएको सडकको फोटो सहित सामाजिक सञ्जालमा राखिएको छ ।
सो सडकको त्यस्तो दुरावस्था आउनु कारणबारे कञ्चनपुरको वेदकोट नगरपालिकाको वडा नम्बर १ का वडाअध्यक्ष हरी गिरीसंग बुझ्दा उहाले सो सडक खण्ड चुरेबाट आउने खोलाको कारण त्यस्तो भएको हुन सक्ने बताउनु भयो । चुरे भएर बग्ने खोलाको निकासको व्यस्थापन नहुदा सडकमा क्षति पु¥याएको हुन सक्ने उहाले बताउनु भयो । स्थानीयहरुले भने सडकको निर्माणपुर्व नै वातावरणीय प्रभाव मुल्यांकन नगरिएको र सडक निर्माणका बेला समेत पर्याप्त अनुगमन नगरिदाको परिणाम सडक भत्किएको बताएका छन् ।