टिप्परले मोटरसाईकललाई ठक्करवाट एक जनाको मृत्यु

कैलालीमा टिप्परले मोटरसाईकललाई ठक्करवाट एक जनाको मृत्यु भएको छ ।

अत्तरियाबाट धनगढी तर्फ जादै गरेको  म १ ब ९६६८ नम्बरको टिप्परले से १ क ६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार कञ्चनपुरको शुक्लाफाँटा १० झलारीका रामबहादुर साउँदको मृत्यु भएको हो ।

टिप्परको ठक्करवाट गम्भिर घाईते भएका साउँदलाई उपचारका लागि मायामेट्रो अस्पतालमा पुञ्याएको भएपनि उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.