कैलाली जिल्लामा जारी निषेधाज्ञा फेरि थपिने भएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आज सकिने भएपछि जिल्लामा फेरि एक हप्ता निषेधाज्ञा थप गर्ने तयारी भइरहेको हो ।
आज दिउँसो जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठक बस्दैछ ।जिल्लामा कोरोनाको जोखिम कायम रहेकोले उक्त बैठकवाट फेरि हप्ताका लागि निषेधाज्ञा थप गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ । यो थप हुने निषेधाज्ञामा पनि केहि खुकुलो हुने जनाइएको छ ।
पसलहरू खोल्ने समय थप गर्ने, अति आवश्यक कार्यालय खोल्न दिने र अन्य कार्यालयको हकमा पनि स्वास्थ्य मापदण्ड अनुसार सुरु गर्ने दिने बिषयमा बैठकमा छलफल हुने बताइएको छ । निजी सवारी साधनलाई जोरबिजोर प्रणाली लगाएर सुरु गर्न दिने बिषयमा पनि बैठकमा छलफल हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
अन्य सार्वजनिक यातायात, सभा सम्मेलन, होटल, सामूहिकमा गरिने कार्यलाई भने अझै सञ्चालनमा रोक लगाइने बताइएको छ ।
Comments are closed.