बैतडीको सिगास गाउँपालिका ३ लगनमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु

बैतडीको सिगास गाउँपालिका ३ लगनमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । लगनबाट डडेल्धुरा तर्फ जादै गरेको से १ ज ७३९ नं को जिप आज बिहान करिब ९ः४० बजेतरि दुर्घटना हुदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता दर्शन खड्काले जानकारी दिनुभयो । सिगास गााउँपालिका ३ का ६४ वर्षीय राम सिह धामी, ४५ वर्षीय मान सिँह सावदको मृत्यु भएको उहाले बताउनुभयो ।
यसैगरी दुर्घटनामा परी ४ जना गम्भिर घाइते भएका छन भने ६ जना समान्य घाइते भएका छन ।
गम्भिर घाइते हुनेमा सिगास ३ का ४५ वर्षीय जय सिह धामी, सोहि ठाँउका १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी, ४० वर्षीय गौमती सावद गम्भिर घाइते भएका छन ।
समान्य घाइते हुनेमा सिगास ३ कै २९ वर्षीय करन सिह धामी, सोहि ठाँउका ४५ वर्षीय दलबिर सावद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया बाशुमती धामी, १९ वर्षीय खगेन्द्रं सावद, ४४ वर्षीय हरीभाम सावद समान्य घाइते छन् ।
घाइतेहरुलाई डडेल्धुरा अस्पताल पठाउने तयारी भइरहेको छ ।
जिप सडकबाट ५० मिटर तल खसेको छ
सम्बन्धित

Comments are closed.