आइ. एम. इ. लाईफ इन्स्योरेन्स कम्पनी लि. द्धारा २० लाखको मृत्यु दावी भुक्तानी

आइ. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लि. धनगढी शाखा कार्यालयले २० लाख ५२ हजार मृत्यु दावी भुक्तानी गरेको छ ।

बीमा गरेको दुइ वर्ष पुरा नहुदै धनगढी–१३ का २४ बर्षिय योगेश अवस्थीको गत वैशाख २० गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

मृत्यु पछी लकडाउनका कारण आवश्यक कागजात जुटाउन समय लागेपनी मृतककी आमा श्रीमती ललीता अवस्थीले आवश्यक कागजात बुझाएको एक साता भित्रै मृत्यु दावी भुक्तानी गरेको कम्पनीका धनगढी शाखाका प्रमुख प्रेम लाल रानाले जानकारी दिनुभयो ।

दावी भुक्तानीको चेक हस्तन्त्रण कार्यक्रममा बोल्दै, बीमा कम्पनीबाट पाउनुपर्ने रकम समयमै नपाउने, कागजी प्रकृया लामो र झन्झटिलो हुने अफवाहका कारण बीमा प्रति बढ्दै गैरहेको अविश्वसकाविच आइ. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीले एक हप्ता भित्रै दावी भुक्तानी दिएर बीमा प्रतिको विश्वास कायम राख्न सफल भएको कम्पनीका सुदुरपश्चिम प्रदेश प्रमुख सुमन प्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो ।

कार्यक्रममा आइ. एम. ई. लाइफ धनगढी शाखा तथा प्रदेश कार्यालयका सवै कर्मचारीहरुको उपस्थितरहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.