अछाम–बाजुराको साँफे–मार्तडी र अछाममा कमलबजार नगरपालिकास्थित किर्तिपुरमा पहिरो जाँदा सडक अवरुद्ध

अछाम–बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । साँफे–मार्तडी सडकखण्डको तीन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

बुढीनन्दा नगरपालिका –१ स्थित ओलेना, ६ स्थित बार्जुगाड र बडीमालिका नगरपालिका –४ स्थित पानीनौलामा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

यस्तै अछाममा पनि पहिरोले सडक अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत कमलबजार नगरपालिकास्थित किर्तिपुरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.