दार्चुलामा एक वर्षको अवधिमा ३ हजार बढीलाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले २ हजार १५५ पुरुष र १ हजार ४५९ जना महिला गरी ३ हजार ६१४ जनालाई वंशजका आधारमा नागरिकता वितरण गरेको हो ।
वैवाहिक अंगिकृत नागरिकता १६ जनाले लिएका छन् भने ४ महिला र १४ जना पुरुष गरी १८ जनाले नाबालक प्रमाणपत्र सिफारिस लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै १ हजार ७२४ जनाको नागरिकताको प्रतिलिपि प्रशासनबाट जारी भएको बताइएको छ ।