यार्सागुम्बासहित एक भारतीय नागरिक पक्राउ

दार्चुलामा यार्सागुम्बासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

नेपाल भारत जोड्ने झोलुंगे पूलबाट पिथौरागढको धारचुला ग्राम पाङ्गलाका २३ वर्षीय गणेशसिह विष्ट ९० ग्राम यार्सागुम्बासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उनलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको र वन कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.