कञ्चनपुर भन्सार कार्यालय लक्ष्य अनुसार राजश्व अशुली गर्न असमर्थ

भारतसितको खुला सीमाले अवैध आयात निर्यात रोक्न नसकिएपछि गड्डाचौकीस्थित कञ्चनपुर भन्सार कार्यालय लक्ष्य अनुसार राजश्व अशुली गर्न असमर्थ भएको छ ।

भन्सार कार्यालयले पछिल्ला दुई वर्षमा लक्ष्य अनुसार राजश्व अशुली गर्न नसकेको हो । दुई वर्षमा अपेक्षित उपलब्धि हासिल नभएपछि राजश्व अशुलीको लक्ष्य घटाइएको छ ।

कोेरोना महामारी, अवैध चोरी निकासी र सुरक्षा निकायको अपेक्षित साथ नपाउँदा लक्ष्य अनुसार राजश्व अशुली हुन नसकेको भन्सार कार्यालयका अधिकारीहरु बताउँछन् ।

कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत एवम् सूचना अधिकारी प्रमानन्द जोशीले अघिल्ला दुई वर्षमा कोरोना महामारी र चोरी पैठारीले लक्ष्य अनुसार राजश्व संकलन हुन नसकेको बताए ।

‘ चोरी तस्करी नियन्त्रण हुन सकेको छैन, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आशा अनुसार साथ दिएको छैन’ उनले भने, ‘ अहिले बेलौरी छोटी भन्सार पनि कैलाली गएको छ, त्यसले पनि कम भयो, भन्सार राजस्व संकलनमा सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुन्छ, सहयोग गरि दिनु प¥यो ।’

भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि ४२ करोड राजश्व अशुलीको लक्ष्य लिएको छ । आर्थिक बर्ष ०७५÷०७६ र ०७६÷०७७ मा लक्ष्य अनुरुप भन्सार राजस्व संकलन हुन नसेपछि भन्सार विभागले अघिल्लो वर्ष लक्ष्य घटाएर दिएको थियो ।

आर्थिक बर्ष ०७५/०७६ मा ४० करोड, १२ लाख ८४ हजार रुयैँया भन्सार राजस्व संकलन गर्ने लक्ष्य गर्ने लक्ष्य राखिएको थियो । त्यसमध्ये आर्थिक बर्ष ३६ करोड, ६७ लाख ८८ हजार मात्रै राजस्व संकलन भयो, लक्ष्य भन्दा ३ करोड, ४४ लाख ९६ हजार कम राजस्व संकलन भयो, सो आर्थिक बर्ष ९१.४० प्रतिशत मात्रै लक्ष्य प्राप्ति भएको छ ।

आर्थिक बर्ष २०७६÷०७७ मा पनि लक्ष्य भन्दा कम भन्सार राजस्व संकलन भएको छ । ४८ करोड, ६८ लाख, ७५ हजार लक्ष्य लिएको उक्त आर्थिक बर्षमा लक्ष्य भन्दा झण्डै आधा २६ करोड, २८ लाख, ९३ हजार मात्रै राजस्व संकलन भएको छ । २२ करोड, ३९ लाख ८२ हजार कम राजस्व संकलन भएको छ । यसरी हेर्दा भन्सार कार्यालयले ५४ प्रतिशत मात्रै लक्ष्य पूरा गरेको देखिएको छ ।

लगातार दुई आर्थिक बर्षमा भन्सार लक्ष्य अनुरुप कञ्चनपुर भन्सार कार्यालयले राजस्व संकलन गर्न नसकेपछि भन्सार विभागले गत आर्थिक बर्ष २०७७/०७८ मा गत आर्थिक ०७६/७७ मा १३ करोड र अघिल्लो आर्थिक बर्ष ०७५/०७६ मा ५ करोड बढी राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

तर, गत आर्थिक बर्ष २०७७/७८ मा दुई बर्ष अघिल्ला आर्थिक बर्षभन्दा लक्ष्य घटाएको थियो । लक्ष्य घटाएर मात्रै गत आर्थिक बर्षमा भन्सार राजस्व संकलन भएको छ । लक्ष्य भन्दा झण्डै १ करोड ७१ लख ३५ हजार बढि राजस्व संकलन भएको छ ।

हरेक बर्ष राजस्व लक्ष्य र अशुली बृद्धि हुन पर्ने भएपनि आव ०७५/०७६ मा संकलन भएको ३६ करोड, ६७ लाख ८८ हजारकै हाराहारीमा राजस्व संकलन भएको छ । गत आर्थिक बर्षमा ३५ करोड, ६७ करोड ८८ लाख लक्ष्य लक्ष्यमा ३७ करोड, ३९ लाख, २३ हजार राजस्व संकलन भएको छ ।

लक्ष्य भन्दा ४ प्रतिशत बृद्धि भएको छ । गत बर्ष १०४ प्रतिशत राजस्व संकलन भएको छ । कोरोना कहरविचमा पनि गत बर्ष बढि राजस्व संकलन भएको हो ।

जटिबुडी, हस्तकलाका बस्तु तथा सेवा निर्यात हुने र दैनिक उपभोग्यका बस्तु तथा सेवा आयात हुने गरेका छन । निर्यात भन्दा आयात बढि रहेको छ ।

भन्सार कार्यालयको तथ्याङ्क अनुसार लत्ता कपडा, महिला तथा किशोरीका कपडा, खेलकुद समाग्री, ईलेक्ट्रोनिक समाग्री हार्डवेयरका समान, चिनी, घरसायी समाग्री, फलफुल तरकारी लगायतका सामाग्री आयात भएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.