दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलमा ६ घण्टा सवारी आवागमन बन्द

महाकाली नदीको दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलमा ६ घण्टा सवारी आवागमन बन्द गरिएको छ । झोलुङ्गे पुल मर्मत गर्न थालिएपछि सवारी बन्द गरिएका हुन् ।

पुल बन्द गरिएपछि पुलका दुबै किनारका सवारीको भीड लागेको छ । पुलबाट दैनिक रुपमा सयौ सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् । यो पुल बनेपछि दोधारा चाँदनी सदरमुकाम महेन्द्रनगरसित जोडिएको थियो ।

दोधारा–चाँदनी नगरपालिकाले मंगलवारदेखि पुल मर्मत सम्भारको काम थालेको नगर प्रवक्ता दिलबहादुर सिजालीले बताए । ‘पुल मर्मत कार्य सुरु भएको छ, ६ घण्टासम्म दैनिक रुपमा मर्मत हुन्छ’ उनले भने,‘मर्मत सकिएपछि मात्रै पूर्ण रुपमा पुल सञ्चालनमा आउँछ ।’

दैनिक रुपमा सञ्चालन हुने अत्यधिक सवारीले पुल मर्मत गर्नु पर्ने अवस्थामा पुगेको हो । यस अघि पनि पटक पटक मर्मत गरी पुल सञ्चालन गरिएको छ ।

अहिले पुलका नट बोल्ट, प्लेट कस्ने लगायत कार्य अघि बढेका छन् । केही स्थानमा पुलका प्लटे खसेर भ्वाङ समेत परेका छन् ।

‘बिहान ६ बजेदेखि ९ बजेसम्म र १२ बजेदेखि ३ बजेसम्म पुलमा आवतजावत बन्द गरिएको छ । पुल मर्मतको काम दुई÷तीन दिनमा सकिन्छ’ उनले भने ।

सम्बन्धित

Comments are closed.