कञ्चनपुरमा भन्सार छली गरी ल्याइएको सामान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ भासी बाट भीमदत्त नगरपालिका वडा नम्बर १८ बस्ने वर्ष १८ का बिक्की गुप्ताले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको अन्दाजी दुई लाख त्रिहत्तर हजार रुपैया बराबरको ४२ कुईन्टल चिनी फेला पारी कानून बमोजिम बरामद गरी आवश्यक कार्वाहीको लागी उक्त चिनी र मानिस सहित गड्डा चौकी भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।
Comments are closed.