९८ बोरा चिनीसहित ट्रक बरामद

बरामद चिनीको मूल्य तीन लाख १८ हजार पाँच सय

 अवैध रूपमा भित्रिएको ठूलो परिमाणको चिनी बिहीबार प्रहरीले बरामद गर्न सफल भएको छ ।

बेदकोट नगरपालिका–१० दैजी बेलडाँडी सडक खण्ड भएर मिनी ट्रकमा ल्याइँदै गरिएको ९८ बोरा चिनी सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिन सफल भएको हो  ।

चोरी पैठारी गरी ल्याइँदै गरिएको सूचनाका आधारमा प्रहरीले चिनीसहित ट्रक बरामद गर्न सफल भएको हो। सुपप्र ०१००१ क १९०१ नम्बरको ट्रकमा चिनी ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।

उनका अनुसार बरामद चिनीको मूल्य तीन लाख १८ हजार पाँच सय र नियन्त्रणमा लिइएको टाटा मिनी ट्रकको मूल्य ६ लाख ८१ हजार गरी जम्मा नौ लाख ९९ हजार पाँच सय पर्छ ।

चिनी सहित मिनी ट्रक र चालक भरत विष्टलाई कानुन बमोजिम आवश्यक कारबाहीका लागि गड्डाचौकी चौकी भन्सार कार्यालया बुझाइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.