अवैध रुपमा भित्रिएका कुखुरा र माछा नष्ट

कञ्चनपुरको पुनर्वास नगरपालिका १० विकास बस्तीस्थित बोर्डर आउट पोष्ट (बिओपी) दोदाले शुक्रबार राति नियन्त्रण लिएको अवैध कुखुरा र माछा खाडलमा पुरेर नष्ट गरेको छ ।

बि.ओ.पि.ले ६५ केजी (२६ वटा) कुखुरा र २० केजी माछा नियन्त्रणमा लिएको ससस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर ठकुल्लाले जानकारी दिएका छन् ।

सशस्त्र वरिष्ठ हवल्दार भुपेन्द्र सिह खत्रिको कमाण्ड खटिएको टोलिले ब्रोईलर कुखुरा र माछा नियन्त्रणमा लिएको थियो ।

सशस्त्रले नियन्त्रणमा लिइएको अवैध कुखुरा र माछालाई खाडलमा पुरेर नष्ट गतिएको हो ।

पुनर्वास नगरपालिका १० वडा प्रतिनिधि, स्थानीय र पत्रकारको रोहबरमा नष्ट गरिएको छ । नष्ट गरिएको माछा र कुखुरा करिब २५ हजार मूल्य बराबर थियो ।

सम्बन्धित

Comments are closed.