दोधारा चाँदनीबाट लागु औषध सहित एक जना पक्राउ

दोधारा चाँदनीबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालिका ३ शान्तिटोलबाट बीर बहादुर डाँगालाई चरेश जस्तो देखिने अर्धठोस पदार्थ सहित पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय दोधाराको टोलीले शंकास्पद रुपमा जाँच गर्दा डाँगाबाट ५ सय ग्राम चरेशजस्तो पदार्थ भेटिएको प्रहरीको दाबी छ ।

३२ वर्षिय डाँगा प्रहरी हिरासतमा राखिएका छन् । उनले चलाएको युके ण्ट ख् ढडठठ नम्बरको मोटरसाइकल जाँच गर्दा चरेश चरेश जस्तो देखिने कालो अर्धठोस पदार्थ भेटिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.