पुर्वमन्त्री एवम् नेपाली काग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ मा रहेको शिद्धसरोवर धार्मिक स्थलको विकासका लागि आफुले सक्दो पहल गर्ने बताउनु भएको छ । सोमवार शिद्धसरोवर ब्रह्मकुञ्ज पर्यटकीय क्षेत्र धार्मिक वन संरक्षण समुहको आयोजनामा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुनु भएका पुर्वमन्त्री साउदले शिद्धसरोवर धार्मिक स्थलको विकासका लागि र व्यवस्थित गौशाला निर्माणका लागि पहल गर्ने बताउनु भएको हो ।
शिद्धसरोवर गौरक्षा धामका अध्यक्ष गणेश बहादुर बमको अध्यक्षता रहेको उक्त कार्यक्रममा पुर्वमन्त्री एवम् नेपाली काग्रेसका केन्द्रिय सदस्य एनपी साउदसंगै विश्व हिन्दु महासंघका उपाध्यक्ष ज्योत्सना साउद लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै पुर्वमन्त्री साउदले वर्तमान नेपाली काग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकार धार्मिक एवम् सास्कृतिक क्षेत्रको विकास गरी आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउनु पर्छ भन्नेमा दृढ रहेको समेत बताउनु भयो । धार्मिक क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्न धार्मिक पर्यटकीय स्थललाई जोड्ने सञ्जाल बनाउन आवश्यक रहेको र त्यसका लागि आफुले सक्दो पहल गर्ने पुर्वमन्त्री एनपी साउदले बताउनु भयो । साथै कोरोना विरुद्धको खोप जनताहरुलाई प्रदान गर्नका लागि सरकार प्रतिवद्ध रहेको समेत पुर्वमन्त्री साउदले बताउनु भयो ।
त्यसैगरी विश्व हिन्दु महासंघका उपाध्यक्ष ज्योत्सना साउदले आफुले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ मा रहेको गौशाला र वेदकोट नगरपालिका वडा नम्बर ६ मा रहेको गौशालाको अवलोकन गरेको बताउदै व्यवस्थित र बढि क्षमताको गौशाला निर्माणका लागि पहल गरी रहेको बताउनु भयो । सो कार्यक्रमको सञ्चालन विश्व हिन्दु गौरक्षा जागरण अभियानका अध्यक्ष चक्रदेव जोशी सल्यालले गर्नु भएको थियो ।
आर्थिक सहयोग प्रदान
यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ मा रहेको बैजनाथ भजन कीर्तन समुहलाई विश्व हिन्दु महासंघका उपाध्यक्ष ज्योत्सना साउदले आर्थिक सहयोग गर्नु भएको छ । वेदकोट नगरपालिका वडा नम्बर ७ मा रहेको सो बैजनाथ भजन कीर्तन समुहलाई बाद्य बादनका सामाग्रीहरु खरिदका लागि २५ हजार २५ रुपैया सहयोग गर्नु भएको हो । समाजमा रहेका विकृति विसंगति हटाउदै समाजमा नैतिकता ल्याउन भुमिका खेल्ने बैजनाथ भजन कीर्तन समुह जस्ता समुहहरुलाई आफुले आगामी दिनमा समेत सहयोग गर्ने विश्व हिन्दु महासंघका उपाध्यक्ष ज्योत्सना साउदले प्रतिवद्धता व्यक्त गर्नु भयो । साथै समाजमा रहेका अशक्त तथा अपांगता भएका व्यक्तिहरुलाई समेत आगामी दिनमा आवश्यक सामाग्रीहरु सहयोग प्रदान गरिने विश्व हिन्दु महासंघका उपाध्यक्ष साउदले बताउनु भयो ।
Comments are closed.