१५ साउनमा व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले डोरी चुडाइदिएपछि उनी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । सो घटना छानबिन गर्न गठित टोली मंगलबार जिल्ला आइपुगेको दार्चुला प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।
सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन बुझाउन १० दिनको समय पाएको उक्त टोलीले मंगलबार घटनाको छानबिन कसरी गर्ने ? घटनास्थलसम्म कसरी जाने ? लगायतका विषयमा स्थानीय अधिकारीहरुसँग छलफल गरेको थियो ।
टोलीले धामी तुुइन तर्ने क्रममा घटनास्थलमा रहेका प्रत्यक्षदर्शीसँग समेत भेट गर्नेछ भने घटनास्थलमै पुुगेर अध्ययन पनि गर्नेछ ।
दार्चुला सदरमुकामबाट पैदल हिँडेर घटनास्थल व्यास गाउँपालिका-२ को मालघाटसम्म पुुग्न दुुई दिन लाग्छ । व्यास गाउँपालिका-२ का तुुइन तरेर छोटो बाटो प्रयोग गरेर धामी भारतीय भूमि हुँदै सदरमुकाम आउने क्रममा १५ साउनमा नदीमा खसेर बेपत्ता भएका थिए ।
प्रत्यक्षदर्शीका भनाइमा भारतीय एसएसबीले तुुइन तर्ने क्रममा रुखमा बाँधेको फलामे डोरी फुुकालिदिएपछि धामी नदीमा खसेर बेपत्ता भएका थिए । घटना भएको पाँच दिन बित्दा समेत उनको अवस्था अज्ञात छ । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीले उनको खोजी कार्य जारी राखेको छ ।
धामीका परिवारले भने उनी जीवितै भेटिने आशा मार्दै कुशको आकृति बनाएर हिन्दूू संस्कारअनुसार अन्त्येष्टि गरेको छ । धामीका श्रीमती, पाँच वर्षीय छोरा र डेढ वर्षकी छोरी छन् ।
Comments are closed.