नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपी साउदले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकालाई स्वास्थ्य सुरक्षा सामाग्रीहरु सहयोग गर्नु भएको छ । बुधबार एक कार्यक्रमकाबीच नेपाली काग्रेसका केन्द्रिय सदस्य साउँदले कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरलाई स्वास्थ्य सामागी्र हस्तान्तरण गर्नुभएको हो । नेपाली काग्रेसका केन्द्रिय सदस्य साउदले पाँच थान अक्सीजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्रीहरु ह्स्तान्तरण गर्नुभएको कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रमेश ऐरले जानकारी दिनुभयो । स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली काँँँग्रेसका केन्द्रीय सदस्य एन पी साउँदले कोरोना भाइरस संक्रमणको तेश्रो लहर फैलिन सक्ने सम्भावना रहेकाले कोरोनाको तेश्रो लहरको संक्रमणको रोकथामका लागि सहजता होस भनेर स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको बताउनु भयो ।