समस्यामा परेकाहरुलाई सहयोग गर्नमा खटिदै साउद

विश्व हिन्दु महासंघकी केन्द्रिय उपाध्यक्ष एवम् रुडुक नेपालका महासचिव ज्योत्सना साउद कञ्चनपुरमा रहेका विभिन्न समस्यामा परेकाहरुलाई सहयोग गर्नमा खटिनु भएको छ । विगतदेखि नै सामाजिक कार्यमा संलग्न साउद पछिल्लो समय कञ्चनपुरका कोरोनाको सक्रमणका कारण ज्यान गुमाएकाहरुका आफन्त, अपांगता भएका व्यक्तिहरु तथा अन्य विभिन्न खाले समस्यामा परेकाहरुको समस्या बुझ्न र सक्दो सहयोग गर्नका लागि त्यस्ता व्यक्तिहरुको घरघरमा पुग्न थाल्नु भएको छ । पछिल्ला केही दिनदेखि कञ्चनपुरका अपांगता भएका व्यक्तिहरुलाई विभिन्न सहायता सामाग्रीहरु हस्तान्तरण गर्दै आउनु भएका विश्व हिन्दु महासंघकी केन्द्रिय उपाध्यक्ष एवम् रुडुक नेपालका महासचिव ज्योत्सना साउद पछिल्लो समय विभिन्न प्रकोपका कारण समस्यामा परेका तथा अपांगता भएका व्यक्तिहरुलाई भेट्ने र उहाहरुको समस्या समाधानका लागि पहल गर्ने कार्यमा संक्रिय हुदै आउनु भएको हो ।

सम्बन्धित

Comments are closed.