अव्यवस्थित बसोवासीको जग्गा नाप नक्सा गर्ने कार्य सुरु

कञ्चनपुरको वेदकोट नगरपालिकामा अव्यवस्थित बसोवासीको जग्गा नाप नक्सा गर्ने कार्य बुधवारदेखि सुरु भएको छ । भुमि सम्वन्धी समस्या समाधान आयोग लगत संकलन इकाई सिसैया कन्चनपुरको आयोजनामा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं १ हात्तिथलाबाट अव्यवथित बसोवासीको जग्गा नाप नक्सा गर्ने कार्यको सुरुवात गरिएको हो । बुधवार एक कार्यक्रमको आयोजना गरी उक्त कार्यको सुरुवता गरिएको हो । प्रतिनिधी सभा सदस्य नर बहादुर धामीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमका विशिष्ट अतिथि सुुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का रहनु भएको थियो । कञ्चनपुरको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दको सभापतित्वमा सम्पन्न भएको उक्त जग्गा नाप नक्सा गर्ने कार्य शुभारम्भ कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान सरकारले भुमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेर राम्रो काम नगरेको बताएका छन् । कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले जनताहरुले जग्गा धनी पुर्जा लालपुर्जा पाउन भनेर केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भुमि सम्बन्धी समस्या समाधान आयोग वर्तमान सरकारले खारेज गरेको भन्दै सो आयोगलाई पुर्न गठन गर्न बाध्य पारिने बताउनु भयो । यस्तै कार्यक्रममा बोल्दै सुुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले सरकारले भुमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको हुदा ठुलो समस्या निम्तिने बताउदे यसले जनतालाइ निरास बनाउने काम गरेको बताउनु भयो । कार्यक्रममा बोल्दै सरकारले मंगलवार मात्रै खारेज गरेको भुमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरकी जिल्ला अध्यक्ष कमला बोहराले लामो समय देखि रहेको भुमि सम्वन्धी समस्यालाई छलफल गरि अगाडि बढिरहेको अवस्थामा वर्तमान सरकारले भुमि सम्बन्धी समस्या समाधान आयोगलाइ विघटन गरेको बताउनु भयो । कार्यक्रममा बोल्दै कञ्चनपुरको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले भुमि सम्बन्धी समस्या समाधान आयोग खारेज भएता पनि कतिपय काम स्थानिय तहले गर्नुपर्ने बताउदै भरिएका फारम खारेज नहुने र मंसिर भित्र नापीको काम सकिने बताउनु भयो । समस्या नआएमा ८ हजार ७ सय ५ परिवारको जग्गा नाप जाच गरेर ढिलोमा फागुन महिनामा जग्गा धनी पुर्जा लालपुर्जा दिइ सक्ने कञ्चनपुरको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.