नेपाली सेनाको गाडीले ठक्कर दिँदा घाइते भएकी एक किशोरीको मृत्यु

 कैलालीमा नेपाली सेनाको गाडीले ठक्कर दिँदा घाइते भएकी एक किशोरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत जिल्लाको गोदावरी नगरपालिका–८ स्याउले बजारमा सेनाको गाडीले ठक्कर दिँदा घाइते भएका तीन जनामध्ये एक किशोरीको मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका–११ की १५ वर्षीया विद्या रानाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा घाइते भएका धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाइका १७ वर्षीय क्रिस बम र वडा नम्बर ३ का ३४ वर्षीय उमेश कार्कीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था पनि गम्भीर छ ।

बुधबार साँझ सेनाको प्रदेश ३–०१ ००१ ग ३७३२ नम्बरको ट्रकले म २ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.