धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले सुदूरपश्चिममै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकलाई समेत विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्य अनुसार प्रदेशमै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याइएको हस्पिटलले जनाएको छ ।
निसर्ग हस्पिटलमा कार्यरत विशेषज्ञ चिकित्सकले ‘टेलीमेडिसिन सेवा’ को माध्यमबाट सात वटै पहाडी जिल्लाका बिरामीहरुलाई आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गर्ने हस्पिटलका स्वास्थ्य निर्देशक डा.मिराज आलम अन्सारीले जानकारी दिए ।
हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले सोमबारदेखि बझाङबाट ‘टेलीमेडिसिन सेवा’सुरु गरिएको बताउँदै छिट्टै अन्य जिल्लामा पनि विस्तार गरिने जनाए ।
जीआईजेड र मिदास टेक्नोलोजीप्राइभेट लिमिटेडसँगको सहकार्यमा बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रबाट ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याइएको उनले बताए ।
‘टेलीमेडिसिन सेवा’मार्फत स्वास्थ्य परीक्षण तथा परामर्श लिएको शुुल्कभने लाग्ने छैन । ‘टेलीमेडिसिन सेवा’ले विशेषज्ञ स्वास्थ्य सेवाकालागि पहाडी जिल्लाबाट धनगढी लगायतका ठाउँ धाउनुपर्ने बाध्यता हट्ने विश्वास समेत लिइएको छ ।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा अहिलेसम्म कुुनै पनि अस्पतालले ‘टेलीमेडिसिन सेवा’ सञ्चालन गरेका छैनन् ।
सेती प्रादेशिक अस्पतालमा सेवा सञ्चालनका लागि बजेट विनियोजन गरिएपनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । निजीतथा सरकारी स्तरबाट प्रदेशमा‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा नभएका बेलानिसर्ग हस्पिटलले थालनी गरेको हो ।
Comments are closed.