कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ मा रहेको गणेश सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गर्नका लागि स्थानको निरीक्षण गरिएको छ ।
निजामती सेवा दिवसको दिन कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ मा रहेको गणेश सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गर्न स्थान छनौटको लागि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक उमाकान्त चर्तुवेदी, डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख दिनेश कुमार यादवले संयुक्त रुपमा बुधवार निरीक्षण गरेका छन् ।
साथै उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ कञ्चनपुर जिल्ला शाखाका कोषाध्यक्ष जयदेव जोशी, गणेश सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष किसनसिंह भण्डारी, उपभोक्ता समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ मा रहेको गणेश सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष किसनसिंह भण्डारीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख लगायत वृक्षारोपणका लागि भन्दै स्थानको निरीक्षण गर्न पुगेकाहरुलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो ।