निषेधाज्ञाका कारण कञ्चनपुरमा रहेका प्राय सबै शैक्षिक संस्थाहरु बन्द

कोरोनाको संक्रमण रोकथाम गर्नका लागि भन्दै गरिएको निषेधाज्ञाका कारण कञ्चनपुरमा रहेका प्राय सबै शैक्षिक संस्थाहरु बन्द रहेका छन् ।

योबेला विद्यार्थीहरु शैक्षिक संस्थामा जान नपाउने भएकाले अभिभावकहरुले अहिले घरमै रहेका आफ्ना बालबालिकाहरुलाई विभिन्न घरायसी काम सिकाउनु पर्ने तथा सिकाईलाई समेत निरन्तरता दिनका लागि पहलगर्नुमा सरोकारवालाहरुले जोड दिएका छन् । केही अभिभावकहरुले घरमै आफ्ना बालबालिकाहरुलाई विभिन्न सीप सिकाई रहेको बताइ रहेका भएपनि केही अभिभावकहरुले भने बालबालिकाहरु गलत संगतमा लाग्न थालि सकेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

कञ्चनपुरको वेदकोट नगरपालिकाको वडा नम्बर १ का स्थानीय आशिका चौधरीले अहिले शैक्षिक संस्थाहरु बन्द रहेका बेला बालबालिकाहरुलाई घरमा पढाउने साथै फुर्सदको समयमा विभिन्न सीप सिकाई रहेको बताउनु भयो ।

बालबालिकाहरुले घरमै भएपनि पढ्ने र आफुहरुलाई घरको काममा समेत सघाई रहेका बताउदै घरभित्रको भान्साको काम लगायतका ढकिया बुनाई जस्ता सिप बालबालिकालाई सिकाई रहेको बताउनु भयो । साथै कञ्चनपुरको वेदकोट नगरपालिकाको वडा नम्बर १ का स्थानीय आशिका चौधरीले कोरोना भाइरसको जोखिमबाट सुरक्षित रहेर बालबालिकाहरुको फुर्सदको समयमा आफुसंगै मिलेर रोटी, तरकारी, भात पकाउन र चटनी बनाउन सिकि रहेका बताउनु भयो ।

कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्वर ६ का स्थानीय तथा राष्ट्रिय नव जागृती माध्यमिक विद्यालयक कैलालीका शिक्षक डम्मर विष्टले वालवालिकाहरुको अभिभावकहरुसंग निरन्तर समन्वय सम्पर्क गरि बालवालिकाहरुको पढाइमा ध्यान दिनु पर्ने सुझाव दिनु भयो । साथै उहाले अहिले प्रविधिको प्रयोग गरी पठनपाठनको कार्य चलि रहेको बेलामा पहुच नभएका बालवालिकाहरुलाइ निरन्तर नजिकको शिक्षकहरुसंग सम्पर्क गरेर पढाइलाई निरन्तरता दिन उत्साह दिइ रहेको बताउनु भयो ।

प्रविधिको पहुच भएका धेरै जसो विद्यार्थीहरु अहिले अनलाइन विधिबाट पढाइ गरिरहेको अवस्थामा अभिभावकले वढी ध्यान दिन आवश्यक रहेको राष्ट्रिय नव जागृती माध्यमिक विद्यालय कैलालीका शिक्षक डम्मर विष्टले बताउनु भयो ।

अहिले कोरोना संक्रमणको रोकथामका लागि भन्दै शैक्षिक संस्थाहरु बन्द रहेको अवसथामा बालबालिकाहरु गलत संगतमा नपरुन र गलत व्यवहार नसिकुन भन्नका लागि अभिभावकहरुले आफ्ना बालवालिकाको विशेष ख्याल गर्नु पर्ने कञ्चनपुरमा रहेको संस्कृत विद्यापिठका सह प्राचार्य मोहन चौधरीले बताउनु भयो ।

उहाले कोरोना भाइरसका कारण बालवालिकाहरुको पढाइ प्रभावित भैरहेको हुदा प्रभावकारी ढंगले स्थानिय, प्रदेश र सघीय तीनै तहका सरकारले अनलाइन प्रविधिबारे सवै नागरिकलाई सुसूचित गर्नुपर्नेमा समेत जोड दिनु भयो ।

बालबालिकाहरुलाई घरमै रहेको अहिलेको अवस्थामा शिक्षकहरु भन्दा अभिभावकहरुले बालबालिकाहरुको बढी ध्यान राख्नुपर्ने बताउदै कञ्चनपुरमा रहेको संस्कृत विद्यापिठका सह प्राचार्य मोहन चौधरीले अहिले अनलाइन विधिको प्रयोगबाट पढाई गरी रहेका विद्यार्थीहरुको पढाईलाई निरन्तरता दिनुपर्ने र अनलाइनको पहुच नभएका विद्यार्थीहरुको लागि समेत सरकारले अनलाईनको व्यवस्था गरी दिनु पर्ने बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.