बैतडीको डिलासैनी गाउपालिकामा पशुहरुमा खोरेत रोग देखा परेको छ । बैतडीको डिलासैनी गाउपालिकाको वडा नम्बर एक र वडा नम्बरका दुइका केही स्थानहरुमा पशुहरुमा देखिने खोरेत रोगको लक्षणसँग मिल्दाजुल्दा लक्षणहरु देखिदै पशुहरु बिरामी पर्न थालेपछि परीक्षण गर्दा पशुहरुमा खोरेत रोग पुष्टी भएको हो ।
बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर १ र वडा नम्बर २ का विभिन्न स्थानका पशुहरुमा खोरेत रोगका लक्षणहरु जस्तै पशुका मुख तथा खुरमा घाउ हुने, पशुहरुमा उच्च ज्वरो आउने, ¥याल फाल्ने लगायतका लक्षणहरु समेत देखा परेपछि त्यस क्षेत्रका किसानहरुले चिन्ता ब्यक्त गरेका छन् ।
यसैबीच बैतडीको डिलासैनी गाउपालिकाका वडा नम्बर १ र वडा नम्बर २ मा पशुहरुमा खोरेत रोग देखिएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि भइरहेका पहलका विषयमा बुझ्दा बैतडीको डिलासैनी गाउपालिकाका पशु स्वास्थ्य सेवा अधिकृत शंकर बहादुर साउँदले पशुहरुमा खोरेत रोग पुष्टी भएकाले त्यस क्षेत्रका पशुहरुलाई खोरेत रोग विरुद्धको खोप दिने तयारी थालिएको बताउनु भयो ।
यस्तै बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर १ का टोलहरु र वडा नम्बर दुइका गण्णा र मलकोट लगायतका टोलहरुका पशुहरु बिरामी पर्न थालेपछि डिलासैनी गाउपालिकाको टोलीले उक्त क्षेत्रहरुमा गएर परीक्षण गर्दा पशुहरुमा खोरेत रोग पुष्टी भइसकेपछि पशु अन्वेषण प्रयोगशाला कैलालीले २ हजार डोज खोरेत रोग विरुद्धको खोप उपलब्ध गराउने जानकारी प्राप्त भएको डिलासैनी गाउपालिकाका पशु स्वास्थ्य सेवा अधिकृत साउँदले जानकारी दिनु भयो ।
पशुहरुमा देखिने खोरेत रोग विरुद्धको खोप उपलब्ध हुने बित्तिकै आफुहरुले खोरेत रोग देखा परेका क्षेत्रहरुमा पशुहरुमा खोरेत रोग विरुद्धको खोप लगाइने बैतडीको डिलासैनी गाउपालिकाका पशु स्वास्थ्य अधिकृत शंकर बहादुर साउँदले जानकारी दिनुभयो ।
Comments are closed.