कैलालीमा विशेष योजना सहित नियमीत बजार अनुगमन हुने

कैलालीमा नियमित रुपमा बजार अनुगमन नहुने गरेको पाईयो , अब विशेष योजना सहित नियमीत बजार अनुगमन गर्ने जिल्ला प्रशाशन कार्यालय कैलालीको प्रतिबद्धता कैलालीमा नियमित रुपमा बजार अनुगमन नहुने गरेको पाईएको छ ।

नियमित रुपमा गरिनुपर्ने बजार अनुगमन सुदुरपश्चिमेलीहरुको महान चाँड गौरा पर्व , तीज लगायतका पर्वहरु नजिक आएका बेला समेत बजार अनुगमन नगरिएको प्रति कतिपय उपभोक्ताहरुले असन्तुष्टी ब्यक्त गरेका छन् ।

चाडपर्वहरु नजिक आएका बेला बजारमा कालोबजारी बढ्ने र म्याद नाघेका उपयोग गर्न अयोग्य वस्तुहरुको बिक्री वितरण हुनसक्ने भन्दै कैलालीका उपभोक्ताहरुले नियमित बजार अनुगमन नभइरहेको प्रति असन्तुष्टी ब्यक्त गरेका हुन् ।

यस्तै जिल्ला प्रशाशन कार्यालय कैलालीले पनि नियमित रुपमा बजार अनुगमन नभइरहेको कुरा स्वीकार गरेको छ ।

तर चाँड पर्वहरु नजिक रहेको र बजार अनुगमन गर्नुपर्ने आवश्यकता पनि देखिइरहेकाले जिल्ला प्रशाशन कार्यालय कैलाली बिशेष योजना सहित बजार अनुगमनको तयारीमा रहेको जिल्ला प्रशाशन कार्यालय कैलालीका प्रबक्ता समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जानकारी दिनुभयो ।

सुदुरपश्चिमेलीहरुको महान चाँड गौरा पर्व नजिक आइरहेकोले पनि अब छिट्टै नियमित बजार अनुगमन गर्ने कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी चौधरीले बताउनुभयो ।

बजार अनुगमन नियमीत नभइरहेको उपभोक्ताहरुको गुनासोका विषयमा जिल्ला प्रशाशन कार्यालय कैलालीका प्रबक्ता समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले विगतमा बजार अनुगमन नियमित नभएको भएपनि अब कैलालीमा नियमीत रुपमा बजार अनुगमन गर्ने कुरामा आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.