लोकसेवा आयोगका अध्यक्षको काम निष्पक्ष नभएको भन्दै सामाजिक संजालमा टिका टिप्पणी हुन थालेको छ

लोकसेवा आयोगका अध्यक्षको काम निष्पक्ष नभएको भन्दै सामाजिक संजालमा टिका टिप्पणी हुन थालेका छन । नेपालमा लोकसेवा आयोगले गर्ने परिक्षा हरु निष्पक्ष हुने गरेको विश्वास गरिदै आएको भएपनि लोकसेवा आयोगको नयाँ अध्यक्षमा माधब रेग्मी आएपछि भने उहाँका कामकारवाही प्रति नागरिक हरु असन्तुष्ट बन्दै गएका छन ।

सामाजिक संजाल फेसबुकमा अधिकृत स्तरका एक कर्मचारी जगदिश जोशीले लेखेका छन “माननीय अध्यक्ष Madhav Regmi ज्यू , सर्बोच्च अदालतले विज्ञापन नै उल्लेख गरी जारी गरेको अन्तरिम आदेशको विरुद्वमा त्यतिबेलानै लोकसेवा आयोग भ्याकेटमा जानुपर्थ्यो गएन ।

आयोग आफैले सञ्चालन गरेको परीक्षाप्रती अपनत्व देखाएन”। उनले आयोगको काम प्रति असन्तुष्टि व्यक्त गर्दै अगाडि लेखेका छन् “यो आयोगको सबैभन्दा ठुलो कमजोरी हो , भुल हो ।

माननीय अध्यक्ष ज्यू ! सार्वजनिक प्रशासन सबैभन्दा ठुलो चुनौतीको सामना गरीराखेका बेला सम्मानित लोकसेवा आयोगले निर्लज्ज र गैरजीम्मेवार व्यवहार पर्दशन गर्दा युवाहरुको यसप्रतिको आशा , भरोसा र विस्वास गुम्न जाने देखीन्छ । जुन आयोगले कमाएको धेरै ठुलो सम्पत्ति हो ।

हामी लोकसेवा आयोगको निष्पक्षता , तटस्थता र योग्यता प्रणालीको संरक्षण गर्ने प्रतिबद्धता प्रती पुर्ण विस्वस्त छौँ ।

माननीय अध्यक्ष ज्यू , सफल प्रशासकको रुपमा ख्याति कमाउनुभएका तपाइँको कार्यकालमा लोकसेवालाई थप उचाईमा पुर्याउनुहोस् , ख्याति बढाउनुहोस् , सगरमाथाको उचाईमा पुगेको तपाइको व्यत्तित्व तल झर्न नदिनुहोस् , सिघ्र निर्णय गरी हामी युवाहरुमा देखीएको निरासाको अन्य गरीदिनुहोस् !लोकसेवा आयोगको जय होस् !!नेपालको जय होस !!” यसरी आयोगको विश्वसनीयता माथि नै प्रश्न उठ्ने गरि सामाजिक संजालमा टिकाटिप्पणी हुँदा समेत लोकसेवा आयोगले आफ्नो विश्वसनीयता कायम राख्न कुनै पहल गरेको देखिदैन ।

सम्बन्धित

Comments are closed.