प्रहरीले कैलालीका विभिन्न स्थानबाट घरेलु मदिरा नष्ट गरेको छ । कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका अन्र्तगतका विभिन्न स्थानबाट ७ सय ५० लिटर घरेलु मदिरा तथा अन्य २ सय लिटर मदिरा बरामद गरी नष्ट गरीएको प्रहरीले जनाएको हो ।
सचेतनामूलक कार्यक्रम अन्र्तगत विद्यार्थीहरुको गुनासो पछि अवैघ घरेलु मदिरा बरामद गरी नष्ट गरीएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनु भयो ।
उहाले विद्यालय क्षेत्र वरिपरि अवैध घरेलु मदिराको व्यवसाय गरिरहेका व्यवसायीहरुको मदिदा स्थानीय व्यापारी, समाजसेवी तथा सञ्चारकर्मीको रहोबरमा नष्ट गरीएको बताउनु भयो ।
Comments are closed.