कञ्चनपुरको महेन्द्रनगरमा ५ कुण्डीय तीन दिवसीय गायत्री महायज्ञ कार्यक्रम आज शनिवारदेखि शुरु भएको छ । अखिल विश्व गायत्री परिवार महेन्द्रनगर कञ्चनपुरको आयोजनामा महेन्द्रनगरको शिवधाममा महायज्ञ कार्यक्रम शुरु भएको हो ।
औपचारीक रुपमा उद्धघाटन भई शुरु भएको कार्यक्रम यही पौष ७ गतेसम्म सञ्चालन हुने भएको छ । कार्यक्रमको उद्धघाटन हुनु पुर्व महेन्द्रनगर बजारमा कलश शोभा यात्रा निकालिएको थियो ।
सो यात्रामा शान्तिकुञ्ज हरिद्धार, कैलाली, बर्दिया, कञ्चनपुर लगायतका विभिन्न स्थानबाट आएका धार्मिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कलश यात्रा पश्चात औपचारिक रुपमा सो कार्यक्रमको उद्धघाटन गरीएको आयोजक अखिल विश्व गायत्री परिवार महेन्द्रनगरका अध्यक्ष ओमकार पन्तले बताउनु भयो । अध्यक्ष पन्तकै सभापतित्वमा सम्पन्न भएको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि महन्थ लक्ष्मी नारायण गिरी रहनु भएको थियो भने विशिष्ट अतिथिमा आचार्य घनश्याम लेखक रहनु भएको थियो ।
कार्यक्रम अन्र्तगत यही पौष ६ गते गायत्री यज्ञीय कर्मकाण्ड र संस्कारहरु गरीने छन् भने पौष ७ गते पूर्णहुति बिदाई विर्सजन कार्यक्रम गरीने आयोजकले जनाएको छ । व्यक्तिमा सकारात्कताको विकास गराउन, समाजलाई सभ्य बनाउन, पछिल्लो समय समाजमा देखिरहेका विकृति, विसंगतिहरुको अन्त्य गर्न टेवा पुगोस् भन्ने उद्येश्यका साथ गायत्री महायज्ञ कार्यक्रमको आयोजना गरीएको आयोजकले बताएको छ ।
उद्धघाटन कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुदै राष्ट्रिय वाणिज्य बैंकका पुर्व शाखा प्रबन्धक तथा विद्धान गणेशदत्त लेखकले गायत्री भनेकै वेदमाता भएको बताउनु भयो । धर्म, संस्कृतिको रक्षा गर्न सबैले लाग्नुपर्ने बताउदै उहाले यस्ता यज्ञहरु गर्नाले शान्ति मिल्ने बताउनु भयो ।
कार्यक्रममा गायत्री परिवारका सदस्यहरु, शान्तिकुञ्जबाट आएका धार्मिक व्यक्तिहरुले धर्मका बारेमा वर्णन गरेका थिए । साथै कार्यक्रममा सहभागीहरुले व्यक्ति सभ्य भएमा मात्रै समाज सभ्य बन्ने र सभ्य समाजबाट नै सभ्य राष्ट्रको निर्माण हुने भएकाले व्यक्तिले आफुबाटै सकारात्मकताको विकास गर्न आवश्यक रहेको धारणा राखेका थिए ।