बैजनाथ महिला बहुउददेश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन तथा प्रारम्भीक साधारण भेला सम्पन्न

कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजीमा बैजनाथ महिला बहुउददेश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन तथा प्रारम्भीक साधारण भेला बिहीवार सम्पन्न गरिएको छ । बिहिवार वेदकोट नगरपालिका बैजनाथ महिला बहुउददेश्यीय सहकारी संस्था लिमिटेड कञ्चनपुरका अध्यक्ष तुलसी जोशीको सभापतित्वमा उक्त सहकारी संस्थाको उद्घाटन गरिएको हो । सो बैजनाथ महिला बहुउददेश्यीय सहकारी संस्था लिमिटेड उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल बचत तथा ऋण सहकारी संस्थाका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक माधव प्रसाद जोशी रहनु भएको थियो । यसैगरी विशिष्ट अतिथिमा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष वीरबहादुर डंगौरा र सहकारी रजिष्ट्रार कार्यालय कैलालीका प्रतिनिधी देवराज पन्त रहनु भएको थियो ।

अतिथिहरुमा नेपाल पत्रकार महासंघका अध्यक्ष माधव धामी, महिला उपाध्यक्ष हेमन्ती चौधरी, अन्य सञ्चारकर्मी, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको बैजनाथ महिला बहुउददेश्यीय सहकारी संस्था लिमिटेड उद्घाटन समारोहका सञ्चालक समेत रहनु भएका बैजनाथ महिला बहुउददेश्यीय सहकारी संस्थाका उपाध्यक्ष मञ्जु सिंहले जानकारी दिनु भयो । शुरुमा वेदकोट नगरपालिका वडा नम्वर ७ को बैजनाथ भजन कृतन समुह गठन गरी मासिक ५ रुपैया बचत गर्दै आएकोमा हाल सोही भजन कृतन समुह बैजनाथ महिला बहुउददेश्यीय सहकारी संस्थामा परिणत भएको हो ।

 साथै उक्त सहकारी संस्थाको अहिले २१ लाख रुपैयाको कोष रहेको बैजनाथ महिला बहुउददेश्यीय सहकारी संस्थाका उपाध्यक्ष मञ्जु सिंहले बताउनु भयो । कार्यक्रममा बोल्दै बैजनाथ महिला बहुउददेश्यीय सहकारी संस्था लिमिटेड उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल बचत तथा ऋण सहकारी संस्थाका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक माधव प्रसाद जोशीले सहकारीका सात वटा सिद्धान्तहरु आत्मसात गरेमा उद्येश्य हासिल गर्न सकिने र त्यो अवलम्बन गर्ने पर्ने बताउनु भयो । साथै उहाले विश्वमा महिलाहरुले नेतृत्व लिएका विभिन्न संस्थाहरु सफल रहेका उदाहरणहरु रहेका बताउदै बैजनाथ महिला बहुउददेश्यीय सहकारी संस्था लिमिटेड पनि सफल हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै सहकारी रजिष्ट्रार कार्यालय कैलालीका प्रतिनिधी देवराज पन्तले आफु नियमनकारी निकायको प्रतिनीधीको हैसियतले उल्लेख सहभागिता लगायतका विषयहरु आफुले सम्बन्धित कार्यालयसम्म पु¥याउने बताउनु भयो । साथै उहाले बैजनाथ महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका सदस्यहरुलाई धन्यवाद समेत दिनु भयो । कार्यक्रममा बोल्दै सहकारी स्थापनाका लागि पहल गर्ने संस्थाका अध्यक्ष तुलसी जोशी लगायत महिलाहरुले देखाउनु भएको संक्रियताको उच्च प्रशंसा गर्दै समाजसेवी एवम् आदर्श नगर खानेपानी संस्थाका अध्यक्ष लिलाध्वज बस्नेतले यस्ता कुराहरु राजनीतिक क्षेत्रमा लागेकाहरुले समेत सिक्न आवश्यक रहेको बताउनु भयो । कञ्चनपुरको वेदकोट नगरपालिकाका वडा नम्बर ७ मा रहेको बैजनाथ महिला बहुउददेश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल बचत तथा ऋण सहकारी संस्थाका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक माधव प्रसाद जोशीलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका कोषाध्यक्ष जयदेव जोशीले बताउनु भयो ।

 कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ मा रहेको बैजनाथ महिला बहुउददेश्यीय सहकारी संस्था लिमिटेड उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले बैजनाथ महिला बहुउदेश्यीय सहकारी संस्थाको विकास गर्दै आगामी दिनमा अगाडि बढाउनका लागि सम्पुर्ण स्थानीय, सरोकारवालाको साथ र सहयोगको आवश्यकता रहेकोमा जोड दिएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.