डोटी र कञ्चनपुरका महिला जनप्रतिनधीहरुलाई उद्यमशीलता तालिम प्रदान गरिएको छ । मानव अधिकारको लागि महिला एकल महिला समुह ( ध्ज्च्० को आयोजनामा ४ दिन सम्म सञ्चालन भएको उक्त तालिम बिहीवार सम्पन्न भएको हो । कञ्चनपुरको महेन्द्रनगरमा आयोजित उक्त ४ दिने उद्यमशीलता तालिममा कञ्चनपुरका दुई वटा पालिका शुक्लाफाँटा नगरपालिका र बेल्डाडी गाउपालिका त्यसैगरी डोटीका दुई वटा पालिकाहरु दिपायल सिलगडी नगरपालिका र डोटीको पुर्वीचौकी गाउपालिकाका महिला जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो । सो उद्यमशीलता तालिममा महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउदै सामाजिक र राजनीतिक क्षेत्रमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर तालिम प्रदान गरिएको आयोजक संस्था मानव अधिकारको लागि महिला एकल महिला समुहले जनाएको छ । तालिममा सहभागी महिला जनप्रतिनिधीहरुलाई कसरी उद्यमी बन्ने भन्ने विषयमा तालिम दिइएको नेपालमा सीमान्तकृत महिलाको आवाज र सहभागिता परियोजनाका कञ्चनपुर जिल्ला कार्यक्रम संयोजक बीर बहादुर नेपालीले जानकारी दिनु भयो । तालिममा सहभागी भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका, बेल्डाडी गाउपालिका, डोटीको पुर्वीचौकी गाउपालिका र डोटीकै दिपायल सिलगडी नगरपालिकाका महिला जनप्रतिनीधीहरुले आर्थिक अभावका कारण राजनीतिक र सामाजिक क्षेत्रमा अगाडि बढ्नै निकै चुनौती रहेकाले आफुहरुले उद्यमशीलता तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतारी उद्यमी बन्ने र अरुलाई पनि उद्यमी बनाउनका लागि पहल गर्ने बताएका छन् ।
Comments are closed.