शुक्लाफाँटा उन्नत गाई भैसी दुग्ध उत्पादक समितिको वार्षिक साधारण सभा तथा अधिवेशन शनिवार सम्पन्न

 कञ्चनपुरको वेदकोट नगरपालिकाको वडा नम्बर ७ सुडामा रहेको शुक्लाफाँटा उन्नत गाई भैसी दुग्ध उत्पादक समितिको छैठौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन शनिवार सम्पन्न भएको छ । साथै शुक्लाफाँटा उन्नत गाई भैसी दुग्ध उत्पादक समितिको नयाँ कार्यसमिति समेत चयन गरीएको छ । धन बहादुर देउवाको अध्यक्षतामा चयन गरीएको उक्त कार्य समितिमा उद्योग उपाध्यक्षमा मोहन सिंह धामी, वाणिज्य उपाध्यक्षमा दिपेन्द्र बहादुर देउवा, सचिवमा कृष्णराज पाण्डेय, सह सचिवमा लबदेब अवस्थी र कोषाध्यक्षमा मदनसिंह धामी चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा प्रकाश चन्द, ईश्वरी ठकुरी, उद्धवराज पनेरु, पदम बहादुर मल्ल, अर्जुन धामी, बैजयन्ती सिंह र बसन्ती चैसिर चयन भएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.