पत्रकारलाई कुटपिट गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ, जिल्ला शाखा कञ्चनपुरले आफ्नो गम्भीर ध्यानाकर्षण
कञ्चनपुरमा पत्रकारलाई कुटपिट गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ, जिल्ला शाखा कञ्चनपुरले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै दोषीलाई कार्बाही गर्न समेत नेपाल पत्रकार महासंघ, जिल्ला शाखा कञ्चनपुरले नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका निवर्तमान कार्यसमिति सदस्य तथा बेल्डाडी पोष्ट साप्ताहित पत्रिकाका सह सम्पादक बिमल धामीलाई यही असोज १ गते साझ बेल्डाडी स्थित चवन्नी बजारमा स्थानीय सुरेश खत्री सहितका ८÷९ जना व्यक्तिहरुले गरेको सांघातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघ, जिल्ला शाखा कञ्चनपुरले शनिवार विज्ञप्ति जारी गर्दै जनाएको हो ।
नेपाल पत्रकार महासंघ कञ्चनपुर जिल्ला शाखाका अध्यक्ष माधवसिंह धामीद्धारा जारी विज्ञप्तिमा बेल्डाडी स्थित चवन्नी बजारमा स्थानीय सुरेश खत्री सहित ८÷९ जना व्यक्तिले स्थानीय व्यापारी सन्देश पाण्डेलाई कुटपिट गरी रहेको अवस्थामा पत्रकार बिमल धामीले किन कुटि रहेको भनेर सोध्दा उल्टै अपशब्द प्रयोग गर्दै निर्घात कुटपिट गरिएको उल्लेख गरिएको छ । एक सञ्चारकर्मीलाई अनाहक गरिएको आक्रमणप्रति खेद प्रकट गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरले आक्रमणमा संलग्न व्यक्तिलाई तत्काल कानुनी कार्बाहीको माग समेत गरेको छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरसंग बुझ्दा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिद्धराज न्यौपानले पत्रकार बिमल धामीमाथि हातपात गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा रहेको र सो घटनाबारे छलफल भइ रहेको शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।
Comments are closed.