कञ्चनपुर कारागारका ७ जना कैदी बन्दीहरुले राष्ट्रपतिबाट कैद मिनाहा तथा माफी पाए

संविधान दिवसको अवसरमा कञ्चनपुर कारागारका सात जना कैदबन्दीले सजाय माफी पाएका छन् । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका ७ जना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका छन् ।

५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियम अनुसार आईतवार संविधान दिवसको अवसरमा कञ्चनपुर कारागारमा रहेका २ महिला र ५ पुरुषलाई कैद मिनाह गरिएको जेल्लर माया वस्नेत थापाले जानकारी दिईन् ।

कैद मिनाह हुनेमा शिवराज भटट कर्तव्य ज्यान, प्रेमसिंह भण्डारी कर्तव्य ज्यान, रोहित आउजी वहुविवाह, करिना विश्वकर्मा वहुविवाह, माया चन्द पाल वहुविवाह, र खुशीराम चौधरी चोरी मुद्धा लागेका रहेको उनले बताईन् ।

उनिहरुको बानिव्यवहार, अनुसान चालचलन, रहनसहन सबैराम्रो भएमा कारागारका जेल्लर र प्रमुख जिल्ला अधिकारीले गरेको सिफारिसको आधारमा कैद मिनाह हुने व्यवस्था अनुसार उनीहरुको कैद मिनाह गरिएको जेल्लर वस्नेतले बताईन् ।

लागु औषध, भ्रष्ट्राचार, मानव तस्कर, सर्वोसहित जन्मकैद र चेलीबेटि बेचविखन लगायत १९ प्रकारका गम्भिर मुद्धा हो । यी मुद्धामा ५० प्रतिशत कैद भुक्तान गरेपनि आम माफि पाउँदैन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा)नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाह गर्न सक्ने व्यवस्था छ ।

त्यसका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिका लागि सिफारिस गर्नु पर्छ । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७६ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनलाई कैद मिनाह गर्ने कानुन रहेको छ ।

जिल्ला कारागारमा अहिले २० जना महिला ३ सय ८७ पुरुष सहित ४ सय ७ जना कैदीबन्दीहरु विभिन्न मुद्धामा जेल सजाय काटि छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.