लागु औषध तथा सामाजिक हिंशा न्युनीकरण सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न

 कञ्चनपुरमा लागु औषध तथा सामाजिक हिंशा न्युनीकरण सम्बन्धि अन्र्तक्रिया कार्यक्रम गरिएको छ । कञ्चनपुरमा रहेको सुदुरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा सामाजिक हिंसा तथा लागूऔषध न्यूनीकरणका लागि सामुदायिक –प्रहरी साझेदारी“ कार्यक्रम अन्तर्गत प्रहरीसँग नागरिक सुशासन समाजको अन्तरकृयात्मक कार्यक्रम गरिएको छ ।

 पछिल्लो समय सामाजिक हिंसा तथा लागुऔषधको दुव्र्यसनमा लाग्नेहरुको संख्या समेत बढि रहेकाले त्यसलाई न्युनीकरण गर्नका लागि युवा र सरोकारवालाहरुको भुमिका के हुन्छ भन्ने विषयमा केन्द्रित रहेर अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको नागरिक सुशासन समाज सुदुर पश्चिम प्रदेशका प्रवक्ता तथा सामाजिक अभियन्ता डम्मर राज भट्टले जानकारी दिनु भयो । उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रतिनिधी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक अम्मरबहादुर माझी, लागु औषध नियन्त्रण समिती कञ्चनपुरका प्रतिनिधी लगाएतको सहभागी रहेको थियो । नागरिक सुशासन समाज सुदुरपश्चिमको आयोजना गरेको उक्त अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले खासगरी युवाहरु र अन्य उमेर समुहका व्यक्तीहरु लागु पदार्थको दुव्र्यसनमा नलागुन र समाजमा हुने विभिन्न किसिमका हिशांलाई न्युनीकरण गर्न सकियोस् भन्नका लागि सरोकारवालाहरुले आआफ्नो क्षेत्रबाट पहल गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

 पछिल्लो समय युवा पुस्ताहरु लागु पदार्थको दुव्र्यसनमा लाग्नेक्रम बढेको पाइएकाले लागु औषध नियन्त्रणमा युवाहरुको नै भुमिका हुने भएकाले उक्त कार्यक्रम आयोजना गरिएको नागरिक सुशासन समाज सुदुरपश्चिम प्रदेशका प्रवक्ता तथा सामाजिक अभियन्ता डम्मर राज भट्टले बताउनु भयो । साथै उहाले युवाहरुले लागु पदार्थ जस्ता कुलतमा फस्ने नभई देशको विकासका लागि आआफ्ना क्षेत्रबाट प्रयास र पहल गर्नुपर्ने बताउनु भयो । यस्तै लागु पदार्थ जस्ता दुव्र्यसनको न्युनीकरण तथा समाजमा हुने विभिन्न खाले हिशांहरुको न्युनीकरणका लागि समुदायमा सचेतना फैलाउन प्रहरीको भुमिका पनि महत्वपुर्ण हुने भएकाले प्रहरीको साझेदारीमा उक्त अन्र्तक्रिया कार्यक्रम गरिएको नागरिक सुशासन समाज सुदुर पश्चिम प्रदेशका प्रवक्ता तथा सामाजिक अभियन्ता डम्मर राज भट्टले बताउनु भयो । उक्त अन्र्तक्रिया कार्यक्रममा सुदुरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्यापसमा अध्यापनरत प्राध्यापकहरु, कानुन तथा अन्य विषय अध्ययनरत विद्यार्थीहरुको समेत उल्लेख सहभागिता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.