२ जना काठ तस्कर पक्राउ

कैलालीमा १ सय ४ दशमलव ७ क्यू.फिट काठ सहित काठ तस्करमा संलग्न गिरोहका २ जना पक्राउ परेका छन् । प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर बिष्ट र रातापानी सामुदायिक वनका पदाधिकारीहरुको संयुक्त गस्ती टोलीले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा रहेको रातापानी सामुदायिक वन भित्र चेकजाँच गर्ने क्रममा २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० बस्ने वर्ष ३७ का बल बहादुर चौधरी र सोही ठाँउ बस्ने वर्ष ४० का करन चौधरी रहेका छन् । उनीहरु दुवैलाई सालका रुख काटी हाते चिरान गरी रहेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट हाते चिरान आरा, गेल्ने आरा, सालका चिर्न तयार गरिएका सिल्ली र सालका गोलिया समेत बरामद गरी आवश्यक कार्बाहीको लागि काठ र पक्राउ परेका व्यक्तिहरुलाई सव डिभिजन वन कार्यालय अत्तरीया कैलालीमा बुझाइएको र सो कार्यमा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भइ रहेको कैलाली प्रहरीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.