कञ्चनपुरको भीमदत्त नगरपालिकाको रौटेलामा रहेको बैजनाथ वृद्धाआश्रममा रहेका ज्येष्ठ नागरीकहरुलाई फलफुल र कपडा सहयोग गरिएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी निवाशी पर्यटन व्यवसायी एवम् समाजसेवी दान ऐर र कञ्चनपुरको महेन्द्रनगरका व्यापारी एवम् समाजसेवी धर्मसिंह रावलले वृद्धाआश्रममा रहेका ज्येष्ठ नागरीकहरुलाई
आर्थिक सहयोग गर्नुका साथै लुगाफाटा र फलफुल वितरण गरिएको सो कार्यक्रममा सहभागि समेत रहनु भएकी सञ्चारकर्मी प्रिज्मा ठकुराठीले जानकारी दिनु भयो ।