कञ्चनपुरको वेदकोट नगरपालिकामा एक जना १० वर्षदेखि क्यान्सर पीडित शिक्षिकाले न न्याय न तलब पाएको भन्दै गुनासो गर्नु भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ चादँनीफाटामा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्यापनरत एक जना क्यान्सर पीडित शिक्षिका हर्का बोहराले चालु आर्थिक वर्षको प्रथम चौमासिकको तलब नपाउदा उपचार गर्नमा समेत समस्या भइ रहेको बताउनु भएको हो ।
कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ चादँनीफाटामा रहेको सरस्वती आधारभुत विद्यालयका संस्थापक प्रधानाअध्यापक समेत रहनु भएकी शिक्षिका हर्का बोहरालाई २०७८ साल असार ३० गतेदेखि विद्यालयमा अनुपस्थित रहेको र कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ चादँनीफाटामा रहेको सरस्वती आधारभुत विद्यालयका नयाँ प्रधानाअध्यापकलाई विद्यालयको जिन्सी तथा नगद हिसाबकिताब नबुझाइएको भन्दै चालु आर्थिक वर्षको प्रथम चौमासिकको तलब रोकिएको जनाइएको छ । तर यता शिक्षिका हर्का बोहराले भने आफु विद्यालयमा भदौ ३० गतेसम्म उपस्थित रहेको दाबी गर्नु भएको छ । आफु प्रधानाअध्यापक भएकै बेला नयाँ प्रधानाअध्यापक राख्ने लगायतका विषयमा आफुसंग कुनै पनि सरसल्लाह नै नगरी विभिन्न निर्णयहरु गरीएका बताउदै शिक्षिका बोहराले आफुलाई दरबन्दी मिलानको पत्र समेत नदिई लुकाईको बताउनु भयो ।
आफु क्यान्सरबाट पीडित भएकीले उपचारका लागि भदौ ३० गतेपश्चात भने अस्पताल गएको भएपनि चालु आर्थिक वर्षको प्रथम चौमाशिकको तलब रोकिदा निकै समस्यामा परेको कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ चादँनीफाटामा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्यापनरत शिक्षिका हर्का बोहराले बताउनु भयो । हाल कक्षा ८ सम्म सञ्चालन भइ रहेको कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ चादँनीफाटामा रहेको सरस्वती आधारभुत विद्यालयको स्थापनाकालदेखि नै शिक्षिका हर्का बोहराले प्रधानाअध्यापकको रुपमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आउनु भएको थियो ।
आफ्नो उर्जावान समय विद्यालयकै लागि भनेर खर्चिएकोमा अहिले आएर कामको मुल्यांकन त परै जाओस् गरेको कामको तलब समेत नपाउदा निकै दुख लागेको समेत कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ चादँनीफाटामा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्यापनरत एक जना क्यान्सर पीडित शिक्षिका हर्का बोहराले बताउनु भयो । साथै उहाले सम्मानित रुपले पद हस्तान्तरण गर्ने अवशरबाट समेत बञ्चित बनाएको बताउनु भयो ।