तलब पाइएन् : शिक्षिका बोहरा, विद्यालयमा जानकारी बिनै अनुपस्थित हुदा यस्तो भयो : सरोकारवाला

कञ्चनपुरको वेदकोट नगरपालिकामा एक जना क्यान्सर पीडित शिक्षिकाले न न्याय न तलब पाएको भन्दै गुनासो गर्नु भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ चादँनीफाटामा रहेको सरस्वती आधारभुत विद्यालयमा अध्यापनरत एक जना क्यान्सर पीडित शिक्षिका हर्का बोहराले चालु आर्थिक वर्षको प्रथम चौमासिकको तलब नपाउदा उपचार गर्नमा समेत समस्या भइ रहेको बताउनु भएको हो ।
 कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ चादँनीफाटामा रहेको सरस्वती आधारभुत विद्यालयका संस्थापक प्रधानाअध्यापक समेत रहनु भएकी शिक्षिका हर्का बोहरालाई २०७८ साल असार ३० गतेदेखि विद्यालयमा अनुपस्थित रहेको र कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ चादँनीफाटामा रहेको सरस्वती आधारभुत विद्यालयका नयाँ प्रधानाअध्यापकलाई विद्यालयको जिन्सी तथा नगद हिसाबकिताब नबुझाइएको भन्दै चालु आर्थिक वर्षको प्रथम चौमासिकको तलब रोकिएको जनाइएको छ । तर यता शिक्षिका हर्का बोहराले भने आफु विद्यालयमा भदौ ३० गतेसम्म उपस्थित रहेको दाबी गर्नु भएको छ । आफु प्रधानाअध्यापक भएकै बेला नयाँ प्रधानाअध्यापक राख्ने लगायतका विषयमा आफुसंग कुनै पनि सरसल्लाह नै नगरी विभिन्न निर्णयहरु गरीएका बताउदै शिक्षिका बोहराले आफुलाई दरबन्दी मिलानको पत्र समेत नदिई लुकाईको बताउनु भयो ।
यस विषयमा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ चादँनीफाटामा रहेको सरस्वती आधारभुत विद्यालयका नवनियुक्त प्रधानाअध्यापक छबिराज पाण्डेयसंग बुझ्दा उहाले शिक्षिक हर्का बोहरा बिना जानकारी विद्यालयमा अनुपस्थित रहेकाले र विद्यालयको जिन्सी र नगद सम्बन्धी हिसाबकिताब नबुझाइएकाले विद्यालय व्यवस्थापन समितिले नै तलब रोक्का गर्ने निर्णय गरेको बताउनु भयो । शुक्लाफाँटा एफ्.एमसंग कुराकानी गर्दै कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ चादँनीफाटामा रहेको सरस्वती आधारभुत विद्यालयका नवनियुक्त प्रधानाअध्यापक छबिराज पाण्डेयले आफुले विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार कार्य मात्रै गरेको बताउनु भयो । विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय बमोजिम चालु आर्थिक वर्ष २०७८÷७९ को असोज मसान्तसम्म र दशै पेश्की रोक्का गरिएको समेत उहाले बताउनु भयो । यसैविच कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ चादँनीफाटामा रहेको सरस्वती आधारभुत विद्यालयका व्यवस्थापन समितिका पदेन सदस्य समेत रहनु भएका कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष नरेश बहादुर सिंहले पनि पुर्व प्रधानाअध्यापक हर्का बोहराले नवनियुक्त प्रधानाअध्यपाक छबिराज पाण्डेयलाई विद्यालयको जिन्सी र नगद सम्बन्धी हिसाबकिताब नबुझाई विद्यालय व्यवस्थापन समिति र सरोकारवालाहरुसंग समन्वय गर्नुको साटो अन्यत्र मात्रै कुरा राख्दा यस्तो अवस्था आएको बताउनु भयो ।
 साथै विद्यालयमा अनुपस्थित भएकी शिक्षिका हर्का बोहरालाई विद्यालयमा उपस्थित भई विद्यालयको जिन्सी र नगद सम्बन्धी हिसाबकिताब बुझाई दिन भन्दै पटक पटक पत्राचार गर्दा समेत अटेरी गरिएकाले विद्यालय व्यवस्थापन समितिले सो निर्णय गरेको बताउनु भयो । विद्यालयमा उपस्थित भई विद्यालयको जिन्सी र नगद सम्बन्धी हिसाबकिताब बुझाउन १५ दिने, ७ दिने र ३ दिने सुचना दिदा र स्पष्टीकरण समेत माग गरिएको भएपनि त्यसको जवाफ नदिई जानकारी बिनै शिक्षिका हर्का बोहरा विद्यालयमा अनुपस्थित भएकी कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ चादँनीफाटामा रहेको सरस्वती आधारभुत विद्यालयका नवनियुक्त प्रधानाअध्यापक छबिराज पाण्डेयले बताउनु भयो ।
सम्बन्धित

Leave A Reply

Your email address will not be published.