कृष्णपुर नगरपालिकामा दैवीय विपद् सम्बन्धी समीक्षा कार्यक्रम सम्पन्न

 कञ्चनपुरको कृष्णपुर नगरपालिकामा दैवीय विपद् सम्बन्धी समीक्षा कार्यक्रम सोमवार सम्पन्न भएको छ । नेपाली काग्रेसले केन्द्र स्तरमा गठन गरेको दैविक प्रकोप उद्धार समितिका सदस्य समेत रहनु भएका संविधान सभा सदस्य बहादुर थापाको प्रमुख आतिथ्यतामा सो समीक्षा कार्यक्रम सम्पन्न भएको हो । गएको असोज ३१ गते र यही कार्तिक १, २ र ३ गते कञ्चनपुरमा भएको बेमौसमी भनिएको वर्षाले गर्दा कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भएको क्षतिका विषयमा सो समीक्षा कार्यक्रममा नेपाली काग्रेसले केन्द्र स्तरमा गठन गरेको दैविक प्रकोप उद्धार समितिका सदस्य समेत रहनु भएका संविधान सभा सदस्य बहादुर थापाले जानकारी लिनु भएको हो ।

 नेपाली काग्रेस कृष्णपुर नगरपालिका नगर कार्यसमितिको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली काग्रेसका कृष्णपुर नगरपालिकाका विभिन्न वडाका वडा सभापतिहरुले वर्षाले आआफ्ना वडामा भएको क्षतिका बारेमा जानकारी गराएका थिए । नेपाली काग्रेसले केन्द्र स्तरमा गठन गरेको दैविक प्रकोप उद्धार समितिका सदस्य समेत रहनु भएका संविधान सभा सदस्य बहादुर थापालाई सुदुरपश्चिम प्रदेशमा भएको क्षतिका बारेमा जानकारी लिई केन्द्रमा प्रतिवेदन बुझाउन भनिएकाले सोही अनुसार थापाले कञ्चनपुरका अन्य स्थानको क्षतिको विवरण लिई सक्नु भएकोमा सोमवार कृष्णपुर नगरपालिकामा भएको क्षतिबारे समेत जानकारी लिनु भएको हो ।

 सो दैवीय विपद् सम्बन्धि समीक्षा कार्यक्रमका सभापति नेपाली काग्रेस कृष्णपुर नगरपालिकाका नगर सभापति विष्णु खड्का रहनु भएको थियो भने नेपाली काग्रेसका अन्य नेता कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो । अब कञ्चनपुरको कृष्णपुर नगरपालिकामा वर्षाले भएको क्षतिबारे नेपाली काग्रेसले केन्द्र स्तरमा गठन गरेको दैविक प्रकोप उद्धार समितिका सदस्य समेत रहनु भएका संविधान सभा सदस्य बहादुर थापाले केन्द्रमा जानकारी गराउनु हुने नेपाली काग्रेस कृष्णपुर नगरपालिकाको नगर कार्यसमितिले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.