आई एम इ लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश स्तरीय एजेन्सी सम्मान कार्यक्रम सम्पन्न

कैलालीको धनगढीमा आई एम इ लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश स्तरीय एजेन्सी सम्मान कार्यक्रम बुधवार सम्पन्न भएको छ । आई एम ई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक कार्यक्रमको आयोजना गरी राइजिङ स्टार क्लवका सदस्यहरु तथा विभिन्न शाखा र प्रदेश स्तरका उत्कृष्ट व्यापार गर्ने एजेन्सीहरुलाई सम्मान गरेको छ ।

 उक्त सम्मान कार्यक्रममा आई एम ई लाइफ इन्स्योरेन्स कम्पनीका सुदुरपश्मि प्रदेशका विभिन्न जिल्लाबाट २ सय ५० एजेन्सीहरु सहभागी भएका थिए । कार्यक्रममा कम्पनीका सिइओ कवि फुँयाल तथा एजेन्सी विजनेस हेड कर्मराज पौडेलले एजेन्सीहरुलाई प्रोत्साहित भएर काम गरी आफ्नो र कम्पनीको भविष्य राम्रो बनाउन सकिने विचार व्यक्त गर्नु भयो । कार्यक्रममा अन्र्तराष्ट्रिय मोटिभेसनल ट्रेनर बी.पी रेग्मीले एजेन्सीहरुलाई बिक्री कला र व्यापार प्रवद्र्धनका बारेमा तालिम दिनु भएको थियो । कार्यक्रमको अध्यक्षता कम्पनीका प्रदेश प्रमुख सुमन प्रसाद तिमिल्सेनाले गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.